धुर्मुस सुन्तलीले छोडेको रंगशाला सरकारले बनाउनु पर्‍यो : रघुजी पन्त

हिमाल प्रेस ५ चैत २०७९ १३:४८ | Sunday, March 19, 2023
धुर्मुस सुन्तलीले छोडेको रंगशाला सरकारले बनाउनु पर्‍यो : रघुजी पन्त

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनमा ‘धुर्मुस सुन्तली’ले रकम अभाव भएपछि छाडेको क्रिकेट रंगाशालाको निर्माणको जिम्मा सरकारले लिनुपर्ने बताएका छन्।

आज आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पन्तले भने चितवनसँगै अन्य ठाउँमा पनि तत्कालै रंगशाला निर्माणमा ध्यान दिन सरकारलाई आग्रह गरे।

‘चितवनमा धुर्मुस सुन्तलीले बनाएके रंगशाला बेवारिसे भएर बसेको छ। त्यसलाई सरकारले तुरुन्त लिनुपर्यो र त्यसलाई तिर्नुपर्ने पैसा तुरुन्त तिरेर त्यसको निर्माण सुरु गर्नुपर्‍यो,’ उनले भने, ‘त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर त्यहाँको रंगशालालाई बिस्तार गर्नुपर्यो र मुलपानीको रंगशालालाई बनाउनुपर्‍यो। खेलाडी जन्माउने आधारभूत संरचना, रंगशाला बनाउनुपर्‍यो।’

उनले क्रिकेटसँगै भलिबल, फुटबलको विकासका लागि सरकारको ध्यान जान जरुरी रहेको पनि बताए।

प्रकाशित: ५ चैत २०७९ १३:४८ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast