कुमारी घरको तर्फबाट राष्ट्रपति पौडेललाई बधाई ज्ञापन

हिमाल प्रेस ४ चैत २०७९ १३:३७ | Saturday, March 18, 2023
कुमारी घरको तर्फबाट राष्ट्रपति पौडेललाई बधाई ज्ञापन

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर बसन्तपुरका तर्फबाट कुमारी घरमा भएको पूजाको प्रसाद पुर्‍याइएको छ।

सोही क्रममा कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई निर्वाचित भएको बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिइएको छ।

कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने एकादशीका दिन राष्ट्रप्रमुख समक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ।

सोही परम्परा अनुसार आज राष्ट्रपति निवास शीतल निवासमा कुमारी घरका प्रतिनिधिले राष्ट्रपति पौडेल समक्ष पहिलो पल्ट कुमारी घरको प्रसाद पुर्‍याइएको हो।

प्रकाशित: ४ चैत २०७९ १३:३७ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast