राष्ट्रपतिले सांसदलाई चियापानका लागि बोलाए शीतल निवास

हिमाल प्रेस ४ चैत २०७९ ७:४८ | Saturday, March 18, 2023
राष्ट्रपतिले सांसदलाई चियापानका लागि बोलाए शीतल निवास

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघ तथा प्रदेशका सांसदहरूलाई शीतल निवास बोलाएका छन्। शनिबार बिहान राष्ट्रपति पौडेलले देशभरबाट काठमाडौं आएका सांसदहरूलाई चियापानका लागि शीतल निवास बोलाएका हुन्।

शुक्रबार सम्पन्न भएको उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान ९ बजे शीतल निवास बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।

राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न लागेका हुन्।

पौडेल गत २५ फागुनमा भएको निर्वाचन प्रक्रियामार्फत राष्ट्रपति निर्वाचित भएका थिए।

 

प्रकाशित: ४ चैत २०७९ ७:४८ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast