अध्यक्षकपको उपाधि पाथीभरा याङ्वरकलाई

हिमाल प्रेस ३ चैत २०७९ ७:५८ | Friday, March 17, 2023
अध्यक्षकपको उपाधि पाथीभरा याङ्वरकलाई

ताप्लेजुङ- सिरीजंघा गाउँपालिकाद्वारा आयोजित दोस्रो संस्करणको अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा फुङलिङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि हात पारेको हो।

पाथीभरा याङ्वरकले फुङलिङलाई २५–१५, २५–१९, २१–२५ र २५–१६ अङ्कले फाइनल खेल जितेको हो । विजेताले दुई सय ९२ तोला चाँदीजडित सिरिजंघा लिपिको ट्रफीका साथ दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

यस्तै द्वितीय हुने फुङलिङले एक लाख ३३ हजार तीन सय ३३ रुपैयाँ तथा सान्त्वना पुरस्कारस्वरुप मेरिङ्देन गाउँपालिका र सिरीजंघा गाउँपालिकाले ४४ हजार चार सय ४४ रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पाथीभरा याङ्वरकका गिरिराज श्रेष्ठ, उत्कष्ट ब्लकर फुङ्लिङका भवानी भट्टराई, उत्कृष्ट लिफ्टर पाथीभराका विनोद कार्की, उत्कृष्ट सर्भर फुङ्लिङका अभिषेक भट्टराई, अलराउण्डर फुङ्लिङकै अभिषेश राई, उत्कृष्ट स्पाइकर पाथीभराका लमन दोर्जे तामाङ, डिफेन्स रविन इजम, उदीयमान खेलाडी पाथिभराकै बाबुराम बुढाथोकी तथा उत्कृष्ट प्रशिक्षक सिरीजंघाका शिव तोलांगी घोषित भए।

प्रतियोगिता गत सोमबारदेखि सञ्चालन भएको थियो।

प्रकाशित: ३ चैत २०७९ ७:५८ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast