स्ववियु चुनावको मौन अवधि सुरु

हिमाल प्रेस ३ चैत २०७९ ७:४१ | Friday, March 17, 2023
स्ववियु चुनावको मौन अवधि सुरु

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि १२ बजेदेखि मौन अवधि सुरु भएको छ। स्ववियु निर्वाचन आचारसंहिताअनुसार शुक्रबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो।

निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिने प्रावधान रहे अनुरूप उक्त निर्देशन जारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।

स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्न रङ रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।

यही चैत ५ गते हुने स्ववियु निर्वाचन हुने भएको छ। निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयन पत्र दर्ता गरिएको थियो ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। स्ववियु निर्वाचनका लागि ६२ आंगिक र एक हजार ४० क्याम्पसमा एकै साथ यही चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ।

प्रकाशित: ३ चैत २०७९ ७:४१ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast