राष्ट्रपति भण्डारीद्वारा शीर्ष नेता र नवनिर्वाचित राष्ट्रपति पौडेलबीच बिदाइ भेट

हिमाल प्रेस २८ फागुन २०७९ २२:०६ | Sunday, March 12, 2023
राष्ट्रपति भण्डारीद्वारा शीर्ष नेता र नवनिर्वाचित राष्ट्रपति पौडेलबीच बिदाइ भेट

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलबीच आइतबार भेटवार्ता भएको छ। शीतल निवासमा भएको भेटवार्ताका क्रममा भण्डारीले पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएकी छन्।

सो अवसरमा भण्डारीले शीतल निवासमा पाँच वर्ष बिताउँदाको आफ्नो अनुभव पौडेललाई सुनाएको स्रोतले जनायो।

आगामी दिनमा आफूलाई निरन्तर सल्लाह तथा सुझाव दिन पनि पौडेलले उनलाई आग्रह गरे।

यस्तै भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग पनि शितल निवासमा भेटवार्ता गरेकी छन्।

राष्ट्रपति भण्डारीको पाँचवर्षे कार्यकाल आइतबार (आज) सकिएको छ। उनी भोलि शीतल निवासबाट बिदा हुने तयारीमा छन्। नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि सपथ ग्रहण गर्ने कार्यसूची छ।

प्रकाशित: २८ फागुन २०७९ २२:०६ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast