नेप्से २६.८० अंकले घट्यो

हिमाल प्रेस २८ फागुन २०७९ १७:४९ | Sunday, March 12, 2023
नेप्से २६.८० अंकले घट्यो

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २६.८० अंकले घटेको छ। आइतबार कारोबार बन्द हुँदा नेप्से परिसूचक १९७५.८९ कायम भएको छ।

नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको ४७ लाख ७२ हजार एक सय ४० कित्ता सेयर खरिदबिक्री भएको छ। उक्त कारोबार एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार पाँच सय रुपैयाँ बराबरको हो। आइतबार सबै समूहको उपसूचक रातो देखिएको छ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ३८.२० र निर्जीवन बीमा समूहको उपसूचक एक सय १९.१२ अंकले घटेको छ। बैंकिङ समूह २२.५३, विकास बैंक समूह ५२.१३, वित्त समूह २८.७८ र होटल तथा पर्यटन समूह ३१.३३ अंकले घटेको छ।

त्यसैगरी जलविद्युत् समूह ३८.०७, लगानी समूह १.५, उत्पादन तथा प्रशोधन समूह १७.८६, लघुवित्त समूह ३०.६५, म्युचुअल फन्ड ०.६, व्यापार समूह २४८७ र अन्य समूह ८.८१ अंकले घटेको छ।

प्रकाशित: २८ फागुन २०७९ १७:४९ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast