स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा भएन गठबन्धन

हिमाल प्रेस २७ फागुन २०७९ २०:५९ | Saturday, March 11, 2023
स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा भएन गठबन्धन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय(त्रिवि)केन्द्रीय क्याम्पसमा विद्यार्थी संगठने छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्। उपत्यकाका २७ वटा कलेजमा सत्तारुढ दलसम्बद्ध विद्यार्थी संगठनले तालमेल गर्ने सहमति गरे पनि केन्द्रीय क्याम्पसमा भने छुट्टाछुट्टै उम्मेदवारी दिएका हुन्।

त्रिवि केन्द्रीय क्याम्पसमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ), नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु सभापतिमा प्रकाश विष्टलाई उम्मेदवार बनाएको छ। सभापतिका आकांक्षी सिद्धान्त भट्टले सचिवमा उम्मेदवारी दिएका छन्।

अनेरास्ववियुको तर्फबाट कोषाध्यक्षमा जनक कार्कीले उम्मेदवारी दिएका छन्। अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सम्भुप्रसाद भट्टले सबै विद्यार्थीको सहमतिमा स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले उम्मेदवारी दर्ता गराएको बताए।

सभापतिका उम्मेदवार विष्ट कुटनितिशास्त्र र अन्तराष्ट्रिय कानुन अध्ययन गरेका विद्यार्थी हुन्।

यस्तै नेविसंघले त्रिवि केन्द्रीय क्याम्पसमा स्यामराज ओझालाई सभापतिको उम्मेदवार बनाएको छ भने सचिवमा राजेश कुमार श्रेष्ठ र कोषाध्यक्षमा पद्यमा भुसालले उम्मेदवारी दिएकी छन्।

नेविसंघका सभापतिका आकांक्षी विष्णु वडैलाले स्वतन्त्र विद्यार्थी समुह बनाएर उम्मेदवारी दर्ता गराएका छन्।

अखिल क्रान्तिकारीबाट विपिन विकले सभापतिमा उम्मेदवारी दिएका छन्। सचिवमा दिनेश ऐर र कोषाध्यक्षमा ममता जोशीले उम्मेदवारी दिएकी छन्।

अनेरास्ववियूको तर्फबाट समीर गौतमले स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् भने सचिवमा निस्मा भट्ट र कोषाध्यक्षमा भोजबहादुर पलामिले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २७ फागुन २०७९ २०:५९ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast