नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पुष्पलालको सालिकमा माल्यार्पण

हिमाल प्रेस २७ फागुन २०७९ १६:३९ | Saturday, March 11, 2023
नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पुष्पलालको सालिकमा माल्यार्पण

काठमाडौँ– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरेका छन्।

कीर्तिपुर नगरपालिका-४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यानमा रहेको सालिकमा शनिबार उनले माल्यार्पण गरेका हुन्।

सो अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, काठमाडौँ १० का सांसद राजेन्द्र केसी, प्रदेशसभा सदस्य पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी, वडाध्यक्ष श्याम केसीलगायतले स्वागत गरे।

नवनिर्वाचित राष्ट्रपति पौडेलले प्रतिष्ठानको आगन्तुक कक्षमा रहेको पुस्तिकामा हस्ताक्षरसमेत गरेका छन्। पुस्तिकामा उनले पुष्पलालको स्मृति उद्यानको अवलोकन गर्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै यसको विकास तथा प्रगतिको कामना गरेका छन्।

आगन्तुक कक्षमा नवनिर्वाचित राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच समसामयिक विषयमा कुराकानी भयो। उक्त अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई अध्यक्ष नेपालले पुष्पलालसम्बन्धी स्मृति ग्रन्थ प्रदान गरे।

प्रकाशित: २७ फागुन २०७९ १६:३९ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast