दयाहाङ र प्रकृति अभिनित गीत ‘खाली छैन मेरो मुटु’

हिमाल प्रेस २७ फागुन २०७९ १४:२५ | Saturday, March 11, 2023
दयाहाङ र प्रकृति अभिनित गीत ‘खाली छैन मेरो मुटु’

काठमाडौँ– फिल्म ‘बिहे पास’को ‘गीत खाली छैन मेरो मुटु’ बोलको गीत सार्वजनिक भएको छ।

निर्माण टिमले शुक्रबार (आज) बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका छन्। अस्तित्भा कर्ण र विद्या मञ्जु तिवारीको स्वर रहेको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र प्रकृति श्रेष्ठको फिचर्ड छ।

डिपी खनालको शब्द रहेको गीतमा प्रवेश मल्लिकाले संगीत भरेका छन्।

प्रवेश पौडेल निर्देशित फिल्ममा अन्य कलाकार रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नविन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायतको अभिनय छ।

फिल्म आगामी बैशाख १ गते प्रदर्शनको तयारीमा छ। यही मितिमा दयाहाङ राईकै अभिनय रहेको अर्को फिल्म ‘जारी’, सुरक्षा पन्त अभिनित ‘बुलाकी’ र बिकाशराज आचार्य निर्देशित ‘नाई न भन्नु ल ६’ एकैपटक प्रदर्शनको तयारीमा छ।

प्रकाशित: २७ फागुन २०७९ १४:२५ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast