फाइल तस्बिर
काठमाडौँ- उपराष्ट्रपति उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
बैठक आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन बिषयमा छलफल गरिनेछ। आजै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ।
प्रकाशित: २७ फागुन २०७९ ६:५६ | Saturday, March 11, 2023
प्रतिक्रिया



