नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

हिमाल प्रेस २६ फागुन २०७९ ११:३५ | Friday, March 10, 2023
नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन्। उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका छन्।

यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गरे। पूजा सकेर उनी आजै सुन्दरीजलस्थित बीपी संग्रहालय जाने कार्यक्रम छ। त्यहाँ उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायत नेताकोे शालिकमा माल्यार्पण गर्ने तथा संग्रहालयको अवलोकन गर्नेछन्।

उनी आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ जाने कार्यक्रम छ।

प्रकाशित: २६ फागुन २०७९ ११:३५ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast