प्रतिबन्धित लागूऔषधसहित तीन जना पक्राउ

हिमाल प्रेस २६ फागुन २०७९ ८:३९ | Friday, March 10, 2023
प्रतिबन्धित लागूऔषधसहित तीन जना पक्राउ

झापा- प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ। प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार विर्तामोड नगरपालिका २ बस्ने २० वर्षीय विश्वास संग्रौलाको कोठामा उनीसहित सोही ठाउँ बस्ने २० वर्षीय अभिषेक शर्मा, अनिशा मण्डल पक्राउ परेका हुन्।

गोप्य सूचनाका आधारमा लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ ८ ग्राम, नगद ११ हजार ६ सय, मोबाइल २ थान, डिजिटल तराजु १ थान फेला परेको प्रहरीले जनाएको छ।

उनीहरूलाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको रिजालले बताए।

प्रकाशित: २६ फागुन २०७९ ८:३९ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast