नवनिर्वाचित राष्ट्रपतिको कार्यसूची : ८ बजे सभामुखसँग भेट, ९ बजे पशुपति दर्शन

हिमाल प्रेस २६ फागुन २०७९ ७:१३ | Friday, March 10, 2023
नवनिर्वाचित राष्ट्रपतिको कार्यसूची : ८ बजे सभामुखसँग भेट, ९ बजे पशुपति दर्शन

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन्। पौडेलको सचिवालयका अनुसार आज बिहान ८ बजे सभामुख घिमिरेसँग राष्ट्रपति पौडेलको भेटवार्ता हुनेछ ।

सभामुख घिमिरे आज आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर-व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन बहराइन जानअघि राष्ट्रपति पौडेलले भेटवार्ता गर्न लागेका हुन्। यसपछि बिहान ९ बजे पशुपतिनाथ मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम पनि तय भएको सचिवालयले जानकारी दिएको छ।

राष्ट्रपति पौडेल आजै ११ बजे सुन्दरीजल पनि जानेछन्। त्यहाँ पुगेर बीपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ। बीपी, गणेशमान र कृष्णप्रसादले जेल जीवन बिताएको सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरलाई अहिले बीपी संग्रहालयमा परिणत गरिएको छ।

प्रकाशित: २६ फागुन २०७९ ७:१३ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast