बारा २ बाट जसपाका रामसहायप्रसाद विजयी

हिमाल प्रेस १० मंसिर २०७९ ७:०० | Saturday, November 26, 2022
बारा २ बाट जसपाका रामसहायप्रसाद विजयी

काठमाडौँ- बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार आठ सय २२ मत प्राप्त गरेका छन्।

त्यसैगरी निकटतम नेकपा माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गरेका छन् । उनीहरूबीच तीन सय ५४ मतान्तर रहेको छ।

खरायो चिह्न पाएका स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो भएका छन् । बारा–२ मा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाल पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सुसासन पार्टी र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिएका थिए।

प्रकाशित: १० मंसिर २०७९ ७:०० | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast