कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्छ : डा. कोइराला

हिमाल प्रेस ९ मंसिर २०७९ १६:२१ | Friday, November 25, 2022
कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्छ : डा. कोइराला

विराटनगर– नेपाली कांग्रेस नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। सुशासनबिना मुलुकको विकास हुन नसक्ने र नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ।

‘देशभर मतगणना चलिरहेको छ, अहिले नै के हुन्छ भनेर आकलन गर्नु उचित हुँदैन,’ उनले भने। उनले मुलुकको शासन सञ्चालनमा युवापुस्ताको उर्जासँगै अनुभवी प्रतिनिधि पनि आवश्यक हुने बताए।

बुवा स्व. केशव कोइराला र आमा नोना कोइरालाको कोखबाट ००७ साल भदौ ९ मा विराटनगरमा जन्मिएका उनले अखिल भारतीय आयुर्विज्ञान संस्थान नयाँ दिल्ली, भारतबाट एमडी अध्ययन पूरा गरेका छन्।

राजनीतिक यात्रा सुरु गर्नु अघि चिकित्सक पेसामा आबद्ध उनी प्रजातन्त्र प्राप्तिको आन्दोलनमा शाहीकालमा प्रहरी पहरा गण काठमाडौँमा तीन महिना थुनामा बसेका थिए।

कांग्रेसको विद्यार्थी संगठन नेविसंघ स्थापनाकाल ०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीतिमा आबद्ध भएका कोइराला ०२८ सालमादेखि पार्टी सदस्यता लिएर राजनीतिमा सक्रिय छन्।

०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका लालबाबु पण्डितसँग पराजित भएका कोइराला यो निर्वाचनमा पण्डितसँग १२ हजारभन्दा बढी मतान्तरका साथ विजयी भएका हुन्।

प्रकाशित: ९ मंसिर २०७९ १६:२१ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast