काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा-जोमसोम हवाई रुटमा ‘वेदर क्यामेरा’ जडान गर्ने भएको छ। यसका लागि क्यान र राष्ट्रिय आविष्कार केन्द्रबीच सोमबार समझदारी भएको हो। वेदर क्यामेरा जडान केन्द्रले गर्नेछ।
क्यानका अनुसार यो रुटमा छिनछिनमा मौसम परिवर्तन हुने भएकाले हवाई उडान सुरक्षामा चुनौती थपिएको छ। वेदर क्यामेराले मौसमसम्बन्धी जानकारी अपडेट गराउनेछ। जसको मद्दतले हवाई सेवा सुरक्षित, भरपर्दो र विश्वसनीय बन्ने क्यानले विश्वास लिएको छ।
प्रकाशित: २८ कार्तिक २०७९ १०:१२ | Monday, November 14, 2022
प्रतिक्रिया





