एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन

हिमाल प्रेस १५ फागुन २०७९ १२:४५
22
SHARES
एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेबाट एक उपप्रधानसहित सात मन्त्री रहेका थिए। एमालेबाट उपप्रधानसहित अथमन्त्रीमा विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपन्क्षी विकासमा ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा राजेन्द्रकुमार राई, परराष्ट्रमा डा. विमला राई पौड्यालमा मन्त्री थिए।

यस्तै, स्वास्थ्य तथा जनसंख्यामा पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी र रक्षामा हरिप्रसाद उप्रेती थिए। पछिल्लो समय सत्ता समीकरण बदलिएसँगै एमाले अप्ठ्यारोमा थियो। तर आउँदो फागुन २५ सम्म कुनै निर्णय लिएको थिएन। हिजो परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रद्द भएपछि एमाले रुष्ट छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्ड नहिँडेपर्छि सरकारबाट बाहिरिन दबाब दिएको बताए।

उनले प्रधानमन्त्रीले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको आरोप लगाए। उनले प्रधानमन्त्री दाहालले जेनेभा भ्रमणमा जान लाग्नुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको आरोप लगाए।

उनले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्नुले राष्ट्रको इज्जतमाथि नै प्रतिकूल असर परेको दाबी गरे।

प्रकाशित: १५ फागुन २०७९ १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =