केपी ओली कपः त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लबबीचको खेल स्थगित

हिमाल प्रेस १४ फागुन २०७९ १८:४८ | Sunday, February 26, 2023
केपी ओली कपः त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लबबीचको खेल स्थगित

काठमाडौँ- राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लबबीचको खेल भारी वर्षा र चट्याङका कारण स्थगित भएको छ। आईतबार साँझ हुनुका साथै गड्याङगुडुङ भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भइरहेको खेल स्थगित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल ५३ औं मिनेटसम्म चलिरहँदा भारी वर्षा र गड्याङगुडुङ भएपछि आयोजकले दोस्रो हाफको खेल स्थगित गरेको हो। दोस्रो हाफको खेल सोमबार बिहान ११ बजेका लागि तय गरिएको छ। सोमबारकै लागि दोस्रो सेमिफाइनल पनि तय गरिएको छ। दोस्रो सेमिफाइनल खेल भने दिनको ३ बजे हुनेछ।

खेल मच्छिन्द्र फुटबल क्लब र आयोजक केपी ओली फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता छ। प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछ।

प्रकाशित: १४ फागुन २०७९ १८:४८ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast