पहिलो त्रैमासिकमा ०.८ प्रतिशत आर्थिक वृद्धिदर

हिमाल प्रेस १४ फागुन २०७९ १६:१९ | Sunday, February 26, 2023
पहिलो त्रैमासिकमा ०.८ प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा ०.८ प्रतिशत आर्थिक वृद्धिदर भएको छ। केन्द्रीय तथ्यांक कार्यालयको विवरणअनुसार साउन–असोजको अवधिमा आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा न्यून रहेको छ। चालु आवको बजेटमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको थियो। तर, बजेट संशोधन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त लक्ष्य हासिल गर्न गाह्रो भएको बताएका छन्।

गत आवको पहिलो त्रैमासमा ३ प्रतिशत वृद्धिदर भएको थियो। आव २०७७/७८ को पहिलो त्रैमासमा ०.९ प्रतिशतले ऋणात्मक भएको थियो। चालु आवको तीन महिनामा खनिज क्षेत्रको उत्पादन २९.२ प्रतिशतले घटेको छ। निर्माण क्षेत्र २४ प्रतिशतले ऋणात्मक भएको तथ्यांक कार्यालयले जनाएको छ।

कृषि क्षेत्रको आर्थिक वृद्धिदर १.६ प्रतिशत छ। चालु आवको सुरुवातदेखि नै सबै क्षेत्र प्रभावित भएका छन्। आयातमा गरिएको कडाइले राजस्व संकलनमा समेत दबाबमा परेको छ।

प्रकाशित: १४ फागुन २०७९ १६:१९ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast