काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज हरियो सागपात तथा जडीबुटीजन्य तरकारीहरूको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो रु १००, तोरीसाग रु ३५, चमसुरको साग रु ११०, मेथीको साग रु ९० र हरियो प्याज रु १५० कायम गरिएको छ।
कुरिलो प्रतिकिलो रु ४००, ब्रोकाउली रु १२०, चुकुन्दर रु ६५, निगुरो रु ८०, सजीवन रु १२०, रातो बन्दा रु ६०, जिरीको साग रु ११०, पार्सले रु २८०, सेलरी रु १२०, सौफको साग रु १२०, पुदिना रु १००, गान्टेमुला रु ६०, तामा रु १५० र गुन्द्रुक रु ३०० निर्धारण गरिएको छ।
त्यस्तै सिखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी रु ६०, पिँडालु रु ५० र स्कुस रु ५५ कायम गरिएको समितिले जनाएको छ।
प्रकाशित: १ जेठ २०८३ ८:१६ | Friday, May 15, 2026
प्रतिक्रिया




