राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुने माधव नेप‍ालको दाबी

हिमाल प्रेस १३ फागुन २०७९ १९:२८ | Saturday, February 25, 2023
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुने माधव नेप‍ालको दाबी फाइल तस्बिर

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुने दाबी गरेका छन्।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘राष्ट्रपति पदमा रामचन्द्रजीको विजय निश्चित छ। उहाँलाई बधाई पछि दिउँला। यस अर्थमा सबै व्यक्तिहरू जुनसुकै ओदोहामा किन नहुनुहोस्। आफ्नो ओहोदाको मर्यादाको रक्षा गर्दै, त्यसको सम्मान गर्दै र यो देश र जनताको हित चिताएर अगाडि बढने कुरामा हामी कटिबद्ध होऊ भन्न चाहन्छु।अहिले फेरि हामीले ल्याएका परिवर्तनहरू उल्टयाउने षडयन्त्रहरू भइरहेका छन्। त्यसकारण म आजको यो दिनमा लोकतन्त्रका निम्ति समर्पित भएका व्यक्तिहरूलाई, समाजसेवामा समर्पित भएकाहरूलाई यस कुरामा विशेष रूपमा गम्भीर बन्नका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छु,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘नेपाली समाज परिवर्तनमा जसरी हामीले राजनीतिक परिवर्तन ल्याएका छौं, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गर्ने काम पनि हामीले नै गर्नु पर्दछ। आजसम्म प्राप्त हाम्रा अनुभवनहरू, नकारात्मकबाट शिक्षा प्राप्त गर्दै सकारात्मक दिशाम अघि बढ्दै मुलुकको चाहना, जनताको चाहनालाई साकार पार्नका लागि अघि बढनु हुने मैले आसा गरेको छु।’

संघीयता, लोकतन्त्र र संविधान रक्षाका लागि आफूहरू एक भएर बढ्न तयार भएको उनको भनाइ छ।

प्रकाशित: १३ फागुन २०७९ १९:२८ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast