राष्ट्रपतिमा एमालेलाई सहयोग गर्न नेपाललाई ओलीको पत्र

हिमाल प्रेस १३ फागुन २०७९ १७:३० | Saturday, February 25, 2023
राष्ट्रपतिमा एमालेलाई सहयोग गर्न नेपाललाई ओलीको पत्र

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्न अपिल गरेका छन्।

शनिबार एमालेतर्फ बाट पार्टी उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी दर्तापछि ओलीले नेपाललाई पार्टीका तर्फ बाट पत्र पठाउँदै यस्तो अपिल गरेका हुन्।

पत्रमा ओलीले राष्ट्रपति पदका लागि नेम्वाङ योग्य र उपयुक्त पात्र भएको उल्लेख गर्दै एकीकृत समाजवादीबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभामा रहेका सबै सदस्यबाट एमालेलाई सहयोग हुने विश्वास व्यक्त गरेका छन्।

एमालेबाट विभाजन भई ०७८ साल भदौमा निर्वाचन आयोगमा दर्ता भएको एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ओलीले एमालेका तर्फबाट लेखेको यो पहिलो पत्र हो।

प्रकाशित: १३ फागुन २०७९ १७:३० | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast