मोरङ ४ मा माओवादीका अमनलाल विजयी

हिमाल प्रेस ९ मंसिर २०७९ ७:०३ | Friday, November 25, 2022
मोरङ ४ मा माओवादीका अमनलाल विजयी

इटहरी- मोरङ क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदी पुनः निर्वाचित भएका छन्। उनले ६ हजार १४९ मतान्तरले एमालेका विनोद ढकाललाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा मोदी निर्वाचित भएका हुन्।

मोदीले ३० हजार ६१२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ढकालले २४ हजार ४६३ मत प्राप्त गरे। दोस्रो संविधानसभामा समानुपातिक सांसद भएर संसदीय यात्रा सुरु गरेका मोदीले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको सहयोगमा निर्वाचित भएका थिए।

उनले यसपटक लोकतान्त्रिक वाम गठबन्धनका कांग्रेसको साथमा दोस्रो पटक निर्वाचित भएका हुन्।

प्रकाशित: ९ मंसिर २०७९ ७:०३ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast