राष्ट्रपति पद दुरुपयोग हुन्छ कि भन्‍ने माओवादीको चिन्ता हो : पम्फा भुसाल

हिमाल प्रेस १२ फागुन २०७९ १७:२० | Friday, February 24, 2023
राष्ट्रपति पद दुरुपयोग हुन्छ कि भन्‍ने माओवादीको चिन्ता हो : पम्फा भुसाल

काठमाडौँ– नेकपा माओवादी केन्द्रकी उपध्याक्ष एवम् पूर्वमन्त्री पम्फा भुसालले संविधानको मर्म र भावना सम्मान गर्ने व्यक्तिलाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएकी छन्।

शुक्रबार काठमाडौँमा आयोजित कृषि विकास बैंक कर्मचारी संगठनको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

कुनै राजनीतिक दललाई सघाउने गरी राष्ट्रपति पद प्रयोग हुन्छ कि भन्ने आफ्नो पार्टीको चिन्ता रहेको उनको भनाइ छ।

‘हामीलाई संवैधानिक राष्ट्रपति चाहिएको हो, दलीय भूमिका निर्वाह गर्ने र चर्चामा आउने राष्ट्रपति हामीलाई चाहिएको छैन,’ उनले भनिन्।

वर्तमान राष्ट्रपतिले संविधानको मर्मविपरीत सरकारका कामकारबाहीमा अनावश्यक हस्तक्षेप गरेको आफूले अनुभव गरेको उल्लेख गर्दै उनले अब निर्वाचित हुने राष्ट्रपति संविधानको भावनाप्रति प्रतिबद्ध हुने विश्वास व्यक्त गरिन्।

देशको समृद्धिका लागि कृषि, ऊर्जा र पर्यटन नै मुख्य क्षेत्र भएको उल्लेख गर्दै उपाध्यक्ष भुसालले कृषिजन्य वस्तुको आयातलाई रोक्न सके पनि देशको अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गरिन्।

उनले कृषिसँग सम्बन्धित वित्तीय क्षेत्रले कृषि क्षेत्रलाई नै केन्द्रित गरेर कार्यक्रम ल्याउन सुझाव दिइन्।

कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पछिल्लो आर्थिक अवस्थामा देशको अर्थतन्त्रसँगै कृषि विकास बैंकमाथि थुप्रै चुनौती देखा परेको उल्लेख गर्दै यसलाई समाधान गर्न सहयोग गर्नुपर्ने बताए।

प्रकाशित: १२ फागुन २०७९ १७:२० | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast