अध्यादेशको दबाबमा राष्ट्रपति, कानूनविद्सँग परामर्श गर्दै

हिमाल प्रेस १७ वैशाख २०८३ ७:०७ | Thursday, April 30, 2026
8
SHARES
अध्यादेशको दबाबमा राष्ट्रपति, कानूनविद्सँग परामर्श गर्दै राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ- सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानूनविद्हरूसँग परामर्श गर्ने भएका छन्।

राष्ट्रपति पौडेलले अध्यादेशबारे छलफल गर्न आज अपराह्न ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएका हुन्।

सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापीलगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित ६ अध्यादेश सिफारिस गरेको छ।

 

प्रकाशित: १७ वैशाख २०८३ ७:०७ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast