केपी ओली बाहिरिएलगत्तै कांग्रेस उपसभापति खड्का बालुवाटारमा

हिमाल प्रेस १२ फागुन २०७९ १७:२४ | Friday, February 24, 2023
केपी ओली बाहिरिएलगत्तै कांग्रेस उपसभापति खड्का बालुवाटारमा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रपति निर्वाचनबारे छलफल गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन्। दुई घण्टा बढी प्रचण्डसँग छलफल गरेर ओली बाहिरिएसँगै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन्।

शुक्रबार बिहानमात्रै बसेको कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकले पुरानो गठबन्धन ब्युँताउने तयारीबारे छलफल गरेको थियो।

राष्ट्रपतिमा पनि पुरानो गठबन्धन ब्युँताएर साझा उम्मेदवार तय गर्ने तयारी छ। सोहीअनुसार अहिले निर्वाचनअघिको गठबन्धनका पाँचमध्ये चार दलका शीर्ष नेताको बैठक बस्दैछ। कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले बस्ने बैठकले साझा उम्मेदवार तय गर्ने दाबी गरेका छन्। दलहरूको छलफलअघि खड्का बालुवाटार पुगेका हुन्।

नेकपा एमालेले भने माओवादी नेतृत्वको सरकार गठन हुँदा राष्ट्रपति आफ्नो दलले पाउने समझदारी भएको दाबी गर्दै आएको छ। माओवादीले भने राष्ट्रिय सहमतिको कुरा उठाउँदै आएको छ।

प्रकाशित: १२ फागुन २०७९ १७:२४ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast