‘मेक इन नेपाल’ अभियानमा आबद्ध व्यवसायीका लागि सहुलियत माग

हिमाल प्रेस ८ मंसिर २०७९ १८:२३ | Thursday, November 24, 2022
‘मेक इन नेपाल’ अभियानमा आबद्ध व्यवसायीका लागि सहुलियत माग

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई)ले ‘मेक इन नेपाल’मा आबद्ध व्यवसायीहरूका लागि सहुलियतको माग गरेको छ।

आठौँ उद्योग दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको ‘मेक इन नेपाल’ अभियानमा आबद्ध सदस्यलाई सहुलियत दिन आग्रह गरेका हुन्।

अहिले भारत, अष्ट्रेलियालगायत मुलुकमा मेक इन अभियान सञ्चालन भइरहेको छ। स्वदेशी उत्पादन प्रोत्साहनका लागि सीएनआईले गरेको उक्त कार्यक्रममा सरकारलेसमेत साथ दिएको छ।

‘मेक इन नेपाल’ अभियानमा आबद्ध व्यवसायीलाई सहुलियत दिइए स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन मिल्ने अध्यक्ष अग्रवालको भनाइ छ।

उद्योग सचिव डा. तोयनारायण ज्ञवालीले ‘मेक इन नेपाल’ अभियानमा आवद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताए।

सोही कार्यक्रममा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपाल उद्योग परिसंघले औद्योगिक विकासका लागि प्रभावकारी रुपमा आफ्ना गतिविधिलाई अगाडि बढाउँदै आएको भन्दै छुटका लागि पहल थाल्ने बताए।

प्रकाशित: ८ मंसिर २०७९ १८:२३ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast