राष्ट्रिय महिला उद्यमी सम्मेलनमा स्वदेशी उत्पादनको प्रदर्शनीमा आकर्षण (तस्बिरहरू)

माला खनाल २१ असार २०८३ १३:१७ | Sunday, July 5, 2026
4
SHARES
राष्ट्रिय महिला उद्यमी सम्मेलनमा स्वदेशी उत्पादनको प्रदर्शनीमा आकर्षण (तस्बिरहरू)

ललितपुर- नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन शनिबार ललितपुरस्थित स्टाफ कलेजमा भएको छ।

सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाले गमलामा पानी हालेर गरेका हुन्।

कार्यक्रमको प्रारम्भमा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै महिला उद्यमीको क्षमता अभिवृद्धि, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा बजार विस्तारका लागि महासंघले निरन्तर पहल गरिरहेको बताए।

कार्यक्रममा देशभरका महिला उद्यमी, उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सम्मेलनसँगै आयोजना गरिएको स्वदेशी उत्पादन प्रदर्शनी सहभागीहरूको आकर्षणको केन्द्र बनेको थियो।

प्रदर्शनीमा कर्णाली क्षेत्रका जडीबुटीजन्य उत्पादन, हिमाली हर्बल चिया, विभिन्न प्रकारका अचार, मसला, खाद्य परिकार, हस्तकलाका सामग्री तथा नेपाली परम्परागत पोसाकलगायत घरेलु उद्योगका उत्पादनहरू प्रदर्शनमा राखिएका थिए।

महिला उद्यमीहरूले आफ्ना उत्पादनको बजारीकरण, ब्रान्ड प्रवर्द्धन र उपभोक्तासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने अवसरका रूपमा सम्मेलनलाई उपयोगी भएको बताएका छन्।

प्रदर्शनीमा ‘नेपाली उत्पादनको प्रयोग गरौँ, नेपाली उद्यमको प्रवर्द्धन गरौँ’ भन्ने सन्देशलाई विशेष रूपमा प्राथमिकता दिइएको छ।

तस्बिरहरू

प्रकाशित: २१ असार २०८३ १३:१७ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast