उपेन्द्र यादवको दाबी : हामीलाई उपराष्ट्रपति दिन माओवादी सकरात्मक छ, खेल सुरु भयो

हिमाल प्रेस ११ फागुन २०७९ १७:३३ | Thursday, February 23, 2023
उपेन्द्र यादवको दाबी : हामीलाई उपराष्ट्रपति दिन माओवादी सकरात्मक छ, खेल सुरु भयो उपेन्द्र यादव।

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बनाउन नेकपा माओवादी केन्द्र सकरात्मक रहेको दाबी गरेका छन्। माओवादी केन्द्रको संसदीदलको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठसहितका नेतासँग छलफल गरेर बाहिरिएका यादवले यस्तो दाबी गरेका हुन्।

‘हाम्रो पार्टीलाई उपराष्ट्रपति दिन प्रधानमन्त्री र उहाँको पार्टी सकरात्मक छ। हामीले पनि हाम्रो कुरा स्पष्ट राख्यौँ,’ उनले भने, ‘प्रचण्डले पनि कांग्रेसलाई विश्वासमा लिएर जानुपर्छ भन्नु भएको छ। खेल सुरु भयो।’

छलफलमा चुनावको बेलाको गठबन्धन ब्युँताउने बारे छलफल भएको पनि बताइएको छ। यता एमाले भने अहिलेकै सत्ता गठबन्धन टिकाउने रणनीतिमा लागेको छ भने कांग्रेस एमालेसहितको गठबन्धन भत्काउने रणनीतिमा लागेको छ।

राष्ट्रपति निर्वाचन र निर्वाचनको बेलाको गठबन्धन ब्युँताउने विषयमा छलफल गर्न कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका शीर्ष नेताबीचको बैठक पनि आज बिहीबार बस्दैछ।

प्रकाशित: ११ फागुन २०७९ १७:३३ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast