सत्ता गठबन्धनमा खटपट देखिएसँगै एमालेले बोलायो सचिवालय बैठक

हिमाल प्रेस ११ फागुन २०७९ १३:२४ | Thursday, February 23, 2023
सत्ता गठबन्धनमा खटपट देखिएसँगै एमालेले बोलायो सचिवालय बैठक फाइल तस्बिर

काठमाडौँ- सत्ता गठबन्धनमा खटपट देखिएसँगै नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। राष्ट्रपति निर्वाचन र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न फागुन १३ गते बिहानका लागि बैठक बोलाइएको हो।

सोही दिन राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ। विकसित घटनाक्रमबारे छलफल गर्ने र राष्ट्रपतिको उम्मेदवार चुन्नका लागि बैठक बोलाइएको हो।

सत्ता गठबन्धनमा रहेका एमाले र माओवादीबीच एमालेले राष्ट्रपति पाउने सहमति थियो। तर कांग्रेसहितको गठबन्धन बन्ने संकेत देखिएपछि अब एमालेको राष्ट्रपति बन्ने सम्भावना कम छ।

यही विषयमा छलफल गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक राखेका हुन्।

प्रकाशित: ११ फागुन २०७९ १३:२४ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast