झापा ४ मा एमालेका साँवा निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ १५:४३ | Thursday, November 24, 2022
झापा ४ मा एमालेका साँवा निर्वाचित एलपी साँवा।

बिर्तामोड– झापा ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लालप्रसाद (एलपी) साँवा विजयी भएका छन्। उनले २९ हजार ३१५ मत प्राप्त गरेर विजयी बनेको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए। उनका निकटतम् प्रतिद्वन्द्वी सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार ४४८ मत प्राप्त गरेका छन्।

साँवाले ०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका थिए। यसैगरी राष्ट्रिय स्वत्नत्र पार्टीका शम्भु ढकालले १४ हजार ६९ मत प्राप्त गरेको निर्वाचन अधिकृत गौतमले जानकारी दिए। १ लाख २३ हजार एक सय २४ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार ४८३ मतदाताले मतदान गरेका थिए। जसमा चार हजार ६४७ मत बदर भए।

प्रकाशित: ८ मंसिर २०७९ १५:४३ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast