झापा– झापा ५ (ख) मा नेकपा एमालेका होम थापा विजयी भएका छन्। सत्तागठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका रेवतराज पुरीलाई ६ हजार आठ सय १४ मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन्। थापाले २४ हजार एक सय २९ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवार पुरीले १७ हजार तीन सय १५ मत ल्याएका छन्।
यस क्षेत्रमा दमक नगरपालिका पुरै र कमल गाउँपालिकाका तीन वडा रहेका छन्। यस क्षेत्रबाट प्रतिनिधिसभामा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन्।
प्रकाशित: ८ मंसिर २०७९ १५:२२ | Thursday, November 24, 2022
प्रतिक्रिया




