तस्बिर स्रोत : रवि लामिछानेको फेसबुक।
काठमाडौँ- चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन्। उनले ४९ हजार २६१ मत ल्याएर निर्वाचित भएका हुन्।
उनले कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरे। श्रेष्ठले १५ हजार ९९ र एमालेका कृष्णभक्त पोख्रेल १४ हजार ६४९ मत ल्याएका छन्।
यो क्षेत्रमा ८४ हजार ३१७ मत खसेको थियो। चितवन(२ खासगरी एमालेको प्रभाव क्षेत्र मानिन्थ्यो। यसअघि लगातार दुई पटकसम्म एमालेका पोखरेल निर्वाचित भएका थिए।
प्रकाशित: ८ मंसिर २०७९ ११:५१ | Thursday, November 24, 2022
प्रतिक्रिया



