एमालेको ‘ग्रास रुट’ अभियान आजबाट, ओलीले भर्चुअल सम्बोधन गर्ने

हिमाल प्रेस ५ फागुन २०७९ ७:२४
8
SHARES
एमालेको ‘ग्रास रुट’ अभियान आजबाट, ओलीले भर्चुअल सम्बोधन गर्ने फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको ‘ग्रास रुट’ अभियान बिहीबारदेखि सुरु हुने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सात प्रदेश र विदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि सो अभियान सुरु हुने एमालेले जनाएको छ।

एमाले अनुसार बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुंगो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन्। जसअनुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ।

गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ५ फागुन २०७९ ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + three =