अनेरास्ववियु महाधिवेशन : अझै सुरु भएन मतदान(यी हुन् उम्मेदवार)

हिमाल प्रेस ४ फागुन २०७९ १०:१५ | Thursday, February 16, 2023
अनेरास्ववियु महाधिवेशन : अझै सुरु भएन मतदान(यी हुन् उम्मेदवार)

काठमाडौँ- नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औँ महाधिवेशनमा अझै मतदान सुरु भएको छैन। सर्वसम्मतको माहोल मिलाउने प्रयत्न गर्दा मतदान सुरु भएको छैन। पटकपटक निर्वाचन तालिका प्रभावित भएको छ।

‘हिजोबाटै मतदान सुरु हुने भनिए पनि सर्वसम्मतको प्रयत्न गर्दा गर्न सकिएन,’ महाधिवेशन निर्वाचनमण्डलकी सदस्य रचना खड्काले भनिन्,‘अब २ बजेबाट सुरु हुने तयारी छ।’ आकांक्षी बढेसँगै सर्वसम्मतको प्रयत्न भएको थियो। तर विद्यार्थी नेताहरूले आकांक्षी देखाएसँगै सबैलाई मनोनयन दर्ता गर्न अनुरोध गरिएको छ।

‘सर्वसम्मतको प्रयत्न गरियो। भएन,’ खड्काले भनिन्। अखिलको अध्यक्षमा पाँचजनाको आकांक्षा छ। एक अध्यक्षमा पाँच आकांक्षी छन्।
आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला  कल्पना वाइवा र वाङ्यु योञ्जनले उम्मेदवारी दिएका छन्। यता एक महासचिवमा चार जनाले आकांक्षा देखाएका छन्। सुदर्शन शिवाकोटी, नरेश रोकाया, भाष्कर खनाल र उमेश आचार्यले महासचिवमा मनानयन गरेका छन्। १० सचिवमा ६० जनाले मनोनयन गरेका छन्। २ बजे पश्चात विद्युतीय मेसिनबाट चुनाव हुने जनाइएको छ। १९९ जनाको केन्द्रीय कमिटी चुन्न १५८८ प्रतिनिधिले मत हाल्दैछन्। 

प्रकाशित: ४ फागुन २०७९ १०:१५ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast