एमाले ‘मिसन ग्रास रुट’का लागि स्थानीय तहमा पनि खटायो नेता

हिमाल प्रेस ३ फागुन २०७९ ११:३२ | Wednesday, February 15, 2023
एमाले ‘मिसन ग्रास रुट’का लागि स्थानीय तहमा पनि खटायो नेता फाइल तस्बिर

काठमाडौँ- पार्टी निर्माण अभियान भन्दै नेकपा एमालेले घोषणा गरेको ‘मिसन ग्रास रुट’का लागि नेताहरूलाई जिम्मेवारी तोकिएको छ। पहिलो चरणमा एमालेले पदाधिकारीलाई जिम्मेवारी तोकेको थियो। प्रादेशिकरूपमा पदाधिकारीलाई जिम्मेवारी तोकेको एमालेले पछिल्लो समय केन्द्रीय सदस्यलाई पनि प्रशिक्षणमा खटाएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समग्र अभियान संयोजक भनिएको छ। यस्तै, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेश स्तरीय अभिमुखीकरणको जिम्मेवारी तोकिएको छ।

मिसन ग्रासरुटमा खटिने नेताहरुका लागि ११ वटा काम तोकिएको छ। सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुव्यवस्थित गर्ने तथा पार्टी र समाजमा विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका विषयमा रायसुझाव लिनेलगायत जिम्मेवारी तोकिएको बताइएको छ।

प्रकाशित: ३ फागुन २०७९ ११:३२ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast