काठमाडौँ- नेपाली भाषा शिक्षक समाजको केन्द्रीय समितिले पूर्णता पाएको छ। अध्यक्ष नारायणप्रसाद गौतमको नेतृत्वमा पदाधिकारीसहित सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी ९९ सदस्यीय केन्द्रीय समिति पूर्ण बनाइएको हो।
समाजको केन्द्रीय समितिमा १५ पदाधिकारी र ८४ केन्द्रीय सदस्य छन्। प्रदेशगत प्रतिनिधित्व सुनिश्चित गर्दै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट सदस्यहरू समेटिएका छन्।
समितिको अध्यक्षमा नारायणप्रसाद गौतम छन्। उपाध्यक्षमा उमेश अधिकारी, महिला उपाध्यक्षमा राममाया अधिकारी तथा प्रदेश उपाध्यक्षहरूमा कोशीबाट सागरमणि दाहाल, मधेशबाट श्रीधर भण्डारी, बागमतीबाट हरिप्रसाद तिमल्सिना, गण्डकीबाट रूपिन्द्र प्रभावी जोशी, लुम्बिनीबाट भीमलाल भुसाल, कर्णालीबाट भूपेन्द्र बीसी र सुदूरपश्चिमबाट हर्कबहादुर बोहरा रहेका छन्।
महासचिवमा राजेन्द्रप्रसाद रिमाल, उपमहासचिवमा पुनप्रसाद पौंतौला, बुद्धिसागर अधिकारी र शकुन्तला भण्डारी तथा सचिव अर्थमा जीवराज आचार्य छन्।
प्रदेशगत केन्द्रीय सदस्यहरू
कोशी : शिशिर भट्टराई, कमल भट्टराई, महेश ओझा, घनश्याम भट्टराई, होमनाथ प्रधान, प्रभात नेपाल, सबिन लम्साल, बेलबहादुर लिम्बू र रामबहादुर भण्डारी।
मधेश : डिसन कार्की, शिवशङ्करकुमार झा, लक्ष्मण खनाल, सीता अधिकारी, लीलानाथ गौतम, नारायणप्रसाद अधिकारी र युवराज कार्की।
बागमती : रमेश घिमिरे, डम्बरराज पन्त, चक्रबहादुर मानन्धर, विपिन पाठक, हरि बाँस्तोला, महेश्वर नेपाल, कल्पना खतिवडा, कल्पना न्यौपाने, बद्री भट्टराई, भीष्मराज काफ्ले, सरिता हुमागाईं, रामचन्द्र भट्टराई, रीता बादे, अर्जुनकुमार श्रेष्ठ, नमराज भेटुवाल, शिवराम चालिसे, विमला लामिछाने, नीता पोखरेल, मणिराम घिसिङ, गणेश बुढा, हिमालयप्रसाद शर्मा, विक्रमराज भट्टराई, प्रतिमा पौडेल, खेमनाथ सापकोटा, विश्वराज खनाल, देवीप्रसाद खरेल, सरिता ढकाल (हुमागाईं), सुरेशकुमार बस्नेत, लक्ष्मीप्रसाद घिमिरे, शान्ता पन्थी, सीता सुवेदी पन्थी, माधवप्रसाद गौतम, मोहन बिष्ट, गायत्रीप्रसाद खनाल, कुञ्जरमणि भट्टराई, पदम बटाला, छविलाल श्रेष्ठ, उत्तमचन्द्र खतिवडा र मधुसूदन रेग्मी।
गण्डकी : इन्द्रा खड्का, जुनामाया कार्की, हरि चालिसे, रमेशचन्द्र घिमिरे, कल्पना तिमल्सिना, चण्डीप्रसाद सुवेदी र राजु विक।
लुम्बिनी : सन्तबहादुर पुन, फत्तबहादुर बस्नेत, शोभा खनाल (पाण्डे), महेश घिमिरे र होमराज पोखरेल।
कर्णाली : सुशीला पाण्डे, कृष्णबहादुर थापा, शारदा थापा, कामप्रसाद देवकोटा, महेन्द्रप्रसाद चौलागाईं, गोविन्द थापा, टङ्कध्वज खत्री, शेरबहादुर खत्री र चन्द्रबहादुर बुढुवाल।
सुदूरपश्चिम : नरेन्द्र बोगटी, भजन शाह, तारानाथ ओझा, भूपसिंह सामी, ईश्वरी भट्ट, देवसिंह ठगुन्ना र विक्रमबहादुर चलाउने।
समाजको केन्द्रीय सल्लाहकार परिषद्मा केदारप्रसाद दाहाल, जानुका नेपाल र कुमारप्रसाद खतिवडा छन्।
असोज १८ गते विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा सम्पन्न केन्द्रीय भेलाले गौतमको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको थियो। विद्यालय तहमा नेपाली भाषा अध्यापनरत शिक्षकलाई संगठित गर्ने उद्देश्यले गठन गरिएको समाजले कक्षा १ देखि १२ सम्म नेपाली भाषा अध्यापन गराउने शिक्षकलाई संस्थामा आबद्ध हुन आह्वान गरेको छ।
नेपाली भाषा शिक्षणमा देखिएका समस्या पहिचान, शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि तथा भाषा शिक्षणलाई प्रभावकारी बनाउने उद्देश्य समाजले राखेको छ। शिक्षकबीच सहकार्य, अनुभव आदानप्रदान र नेपाली भाषाको संरक्षण, प्रवर्द्धन तथा सबलीकरणका लागि संस्थागत प्रयास अघि बढाउने समाजको लक्ष्य रहेको अध्यक्ष गौतमले बताए।



