काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आयोजित कार्यक्रममा सहभागी भई देवीनाच अवलोकन गरेका छन्।
राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा कार्यक्रममा सहभागी भएर देवीनाच अवलोकन गरेका हुन्।
यस अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए।
प्रकाशित: १२ मंसिर २०८३ १७:०० | Saturday, November 28, 2026
प्रतिक्रिया



