काठमाडौँसहित देशभर चिसो बढ्दै

हिमाल प्रेस १२ मंसिर २०८३ ९:५० | Saturday, November 28, 2026
काठमाडौँसहित देशभर चिसो बढ्दै

काठमाडौँ- देशभर चिसो बढ्ने क्रम जारी रहेको छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम तापक्रम घट्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार (मंसिर १२) बिहान पौने ९ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस मापन गरिएको छ। यो तापक्रम यस वर्ष काठमाडौँमा मापन गरिएकामध्ये सबैभन्दा कम भने होइन।

यसअघि मंसिर ९ गते काठमाडौँको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियसमा झरेको थियो। जुन यस वर्ष हालसम्म मापन गरिएको सबैभन्दा कम तापक्रम हो।

काठमाडौँको न्यूनतम तापक्रम शुक्रबार (मंसिर ११) ८.५ र बिहीबार (मंसिर १०) ८.० डिग्री सेल्सियस मापन गरिएको थियो।

शनिबार बिहान सार्वजनिक गरिएको १७ स्थानको तापक्रम विवरणअनुसार जुम्लामा सबैभन्दा कम तापक्रम मापन भएको छ।

जुम्लाको न्यूनतम तापक्रम माइनस ३.५ डिग्री सेल्सियस रहेको छ। यसअघि शुक्रबार जुम्लाको तापक्रम माइनस ४.० र बिहीबार माइनस ७.८ डिग्री सेल्सियस थियो।

त्यसैगरी, शनिबार डडेलधुराको न्यूनतम तापक्रम ६.५, ताप्लेजुङको ९.०, वीरेन्द्रनगरको १०.०, ओखलढुंगाको १०.६, दिपायलको १०.७ र पोखराको १०.९ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।

महाशाखाले दैनिक बिहान पौने ९ बजे मापन गरिएको न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ।

महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन।

प्रकाशित: १२ मंसिर २०८३ ९:५० | Saturday, November 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast