दसौँ राष्ट्रिय खेलकुद : पौडीमा बागमती बन्यो च्याम्पियन

हिमाल प्रेस ११ मंसिर २०८३ २१:२१ | Friday, November 27, 2026
10
SHARES
दसौँ राष्ट्रिय खेलकुद : पौडीमा बागमती बन्यो च्याम्पियन

सुर्खेत- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा बागमती प्रदेश च्याम्पियन बनेको छ।

बागमती सर्वाधिक १६ स्वर्ण पदक, ९ रजत, १० कास्य गरी कुल ३५ पदक जित्दैं च्याम्पियन बनेको हो।

यस्तै दोस्रो स्थानमा रहेको एनआरएनए टिमले १२ स्वर्ण, ४ रजत, ४ कास्य गरी कुल २० पदक जित्न सफल भएको छ।

त्रिभुवन आर्मी क्लबले ७ स्वर्ण १५ रजत, १७ कास्य गरी कुल ३९ पदक सहित तेस्रो, नेपाल पुलिस क्लब ६ स्वर्ण, १४ रजत, १६ कास्य गरी कुल ३६ पदक सहित चौथो, कोशी प्रदेश ३ स्वर्ण पदकसहित पाँचौं र सुदुरपश्चिमले २ स्वर्ण, ४ रजत, १ कास्य गरी कुल ७ पदकसहित छैठौं स्थान हासिल गरेको छ।

यसैगरी प्रतियोगितामा पुरुषतर्फ बागमती र महिलातर्फ एनआरएनए टिम च्याम्पियन बनेका छन्।

प्रतियोगिताको अन्तिम दिन शुक्रबार पुरुष २०० मिटर बटरफ्लाईमा तीन खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेका छन्।

नेपाली पौडीमा एउटै इभेन्ट्समा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान भंग गर्नु पनि नयाँ कीर्तिमान हो। इभेन्टमा यसअघि अशिम भण्डारीको नाममा २ मिनेट २१.८७ सेकेन्डको कीर्तिमान थियो।

शुक्रबार सुदुरपश्चिमका अर्थभ सिंहले २ मिनेट १८.३० सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

रजत जित्ने आर्मीका सौरेन बहादुर सिंहले २ मिनेट १९.८१ सेकेन्ड र कास्य जित्ने आर्मीकै अशिम भण्डारीले २ मिनेट २०.११ सेकेन्डमा पूरा गरेका थिए।

पुरुष ८०० मिटर फ्रिस्टायलमा आफ्नै पुरानो रेकर्डमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान बनाउने क्रममा पुलिसका काल्किन श्रेष्ठले स्वर्ण पदक (९मिनेट ०३.२१सेकेन्ड), सुदुरपश्चिमका अर्थभ सिंहले रजत (१०मिनेट ०१.९६सेकेन्ड), पुलिसका रचित बुढाथोकीले कास्य पदक (१०मिनेट ३३.६८ सेकेन्ड) जिते।

यस इभेन्ट्मा यसअघि काल्किनको ९ मिनेट ०३.२१ सेकेन्डको कीर्तिमान थियो।

महिला २०० मिटर बटरफ्लाईमा एनआरएनएकी लिली बोहराले स्वर्ण जित्ने क्रममा २ मिनेट ३३.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

यसअघि डुअना लामाको नाममा २ मिनेट ३५.२९सेकेन्डको कीर्तिमान थियो। आर्मीकी डुअनाले रजत (२मिनेट ३९.९४सेकेन्ड) र पुलिसकी देभान्सी जोशीले कास्य (३ मिनेट ०३.१३ सेकेन्ड) पदक जितिन्।

महिला ४०० मिटर फ्रिस्टायलमा एनआरएनएकी लिलीले स्वर्ण (४ मिनेट ४३.११सेकेन्ड), आर्मीकी डुअना लामाले रजत (४मिनेट ५२.६२सेकेन्ड) र एनआरएनएकी मिखा काया थापाले कास्य (५ मिनेट ०२.७६ सेकेन्ड) मा जितिन्।

पुरुष २०० मिटर इन्डिभिजुअल मिडलेमा बागमतीका अभिभ प्रधानले स्वर्ण (२ मिनेट १६.९६सेकेन्ड), पुलिसका इर्भिन श्रेष्ठले रजत (२मिनेट २०.१६सेकेन्ड), पुलिसकै काल्किन श्रेष्ठले कास्य (२मिनेट २२.०९सेकेन्ड) पदक जिते।

महिला १०० मिटर ब्रेस्ट स्ट्रोकमा आर्मीकी डुअना लामाले स्वर्ण (१ मिनेट १९.९२ सेकेन्ड), एनआरएनएकी लिलीले रजत (१मिनेट २२.५५सेकेन्ड), बागमतीकी रोयल प्रजापतिले कास्य (१मिनेट २४.१८सेकेन्ड) पदक जितिन्।

पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले स्वर्ण (१मिनेट ०८.२५सेकेन्ड), आर्मीका जाडेन श्रेष्ठले रजत (१मिनेट ०८.६४ सेकेन्ड), बागमतीका आरिक कर्माचार्यले कास्य पदक (१मिनेट १६.६४ सेकेन्ड) जित्न सफल भए।

महिला ५० मिटर फ्रिस्टायलमा एनआरएनएकी मिखा काया थापाले स्वर्ण (२९.१५ सेकेन्ड), बागमतीकी आर्या महर्जनले रजत (२९.४९सेकेन्ड), बागमतीकै रोयल प्रजापतीले कास्य (३०.०९सेकेन्ड) जितिन्।

पुरुष ५० मिटर फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले स्वर्ण (२५.६२ सेकेन्ड), बागमतीका अभिभ प्रधानले रजत (२४.६८सेकेन्ड) र आर्मीका अल्भि महर्जनले कास्य (२५.०२ सेकेन्ड) जिते।

महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले ४ मिनेट २८.८६ सेकेन्डमा पूरा गर्दै स्वर्ण, आर्मीले ४ मिनेट ३१.०६ सेकेन्डसहित रजत र पुलिसले ४ मिनेट ४४.४० सेकेन्डसहित कास्य जित्यो।

पुरुष ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमतीले स्वर्ण (१ मिनेट ४१.९२ सेकेन्ड), पुलिसले रजत (१ मिनेट ४४.२६ सेकेन्ड) र आर्मीले कास्य (१ मिनेट ४४.४७ सेकेन्ड) जित्यो।

महिला ४ गुणा ५० मिटर मिडले रिलेमा बागमतीले स्वर्ण (२ मिनेट १६.०१ सेकेन्ड), पुलिसले रजत (२ मिनेट १९.७६ सेकेन्ड) र आर्मीले कास्य (२मिनेट २०.०१ सेकेन्ड) जित्यो।

मंगलबारबाट नेपालगंजमा सुरु भएको पौडी प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो।

प्रकाशित: ११ मंसिर २०८३ २१:२१ | Friday, November 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast