काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन आज बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.७ डिग्री सेल्सियस देखिएको हो।
आजको वास्तविक एवं आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यसबेलासम्म काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुमा देखिएभन्दा थोरै घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
हिजो बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो। मंसिर २ गतेदेखि ९ गतेसम्म निरन्तर घटेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० गतेदेखि भने लगातार बढिरहेको हो।
प्रकाशित: ११ मंसिर २०८३ ६:४० | Friday, November 27, 2026
प्रतिक्रिया



