काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। गत मंसिर ८ गतेदेखि सुरु भएको बैठक विभिन्न समसामयिक विषयमा केन्द्रित हुँदै आएको छ। केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले बैठक आज बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ।
बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकमा केन्द्रीय सदस्यहरू, प्रदेश सभापतिहरू तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा धारणा राखेका छन् ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुमबासी परिवारलाई अस्थायी आश्रयस्थलबाट समेत हटाउने सरकारको निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको थियो।



