आफैँ स्कुटी हाकेर मासु पसलको अनुगमनमा पुगिन् कृषिमन्त्री

हिमाल प्रेस १० मंसिर २०८३ १०:३४ | Thursday, November 26, 2026
आफैँ स्कुटी हाकेर मासु पसलको अनुगमनमा पुगिन् कृषिमन्त्री

काठमाडौँ- कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन्।

मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी कोल्ड स्टोरेजमा पुगेकी हुन्।

छड्के अनुगमनका क्रममा उनले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेकी थिइन्।

उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र मापदण्डको पालना गर्नुपर्नेमा उनले जोड दिएकी हुन्। उनी निरीक्षणमा जाँदा आफैँ स्कुटी हाकेर गएकी थिइन्। पसल व्यवसायीले नचिन्ने गरी जानका लागि उनी स्कुटी चालक बनेकी हुन्।

प्रकाशित: १० मंसिर २०८३ १०:३४ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast