काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्ताका अवसरमा उनीहरूबीच नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
सो अवसरमा विशेषगरी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा युनिसेफको सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो।
प्रकाशित: ९ मंसिर २०८३ २०:३१ | Wednesday, November 25, 2026
प्रतिक्रिया



