मलद्वार र भित्री वस्त्रमा लुकाएर सुन ल्याउने २ चिनियाँ महिला विमानस्थलबाट पक्राउ

हिमाल प्रेस ९ मंसिर २०८३ ११:०९ | Wednesday, November 25, 2026
मलद्वार र भित्री वस्त्रमा लुकाएर सुन ल्याउने २ चिनियाँ महिला विमानस्थलबाट पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।

हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मंगलबार राति नै पक्राउ गरिएको हो ।

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।

बरामद वस्तुको परीक्षण तथा अनुसन्धान भइरहेको छ ।

प्रकाशित: ९ मंसिर २०८३ ११:०९ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast