प्रधानसेनापति सिग्देलद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस ८ मंसिर २०८३ १७:४४ | Tuesday, November 24, 2026
प्रधानसेनापति सिग्देलद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पदोन्नति भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

मन्त्रिपरिषद्को मंसिर ४ गतेको निर्णयअनुसार रथी दर्जामा पदोन्नति भएका अनुपजंग थापालाई प्रधानसेनापति सिग्देलले जङ्गीअड्डामा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

सोही अवसरमा उपरथी दर्जामा पदोन्नति भएका मनोज थापालगायत प्राविधिक महासेनानी जगत शाह, महासेनानी पंकज रावल र महासेनानी शितल बानियाँलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

त्यसैगरी महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृतहरू तथा पदोन्नति भएका सैनिक अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको थियो।

प्रकाशित: ८ मंसिर २०८३ १७:४४ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast