सुर्खेत- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलतर्फ चारवटा खेल सम्पन्न भएका छन्। पहिलो दिन मंगलबार भएका प्रतियोगितामा एपीएफ, सुदूरपश्चिम, त्रिभुवन आर्मी र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन्।
फुल कोर्ट (५-५) महिला बास्केटबलतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ५२-१९ को फराकिलो अन्तरमा पराजित गरेको छ।
यस्तै पहिलो चरणको फुलकोर्ट (५-५) महिला बास्केटबलतर्फ सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल भएको छ। उक्त खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६-३३ को अन्तरले पराजित गरेको छ।
थ्री-अन-थ्री विधाको पहिलो चरणको खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा भएको छ। सो खेलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १७-१२ को अन्तरले पराजित गरेको छ।
थ्री-अन-थ्री विधाको अर्को खेल बागमती प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९-६ को अन्तरले पराजित गरेको छ। पहिलो दिन चारवटा खेल सम्पन्न भएको राष्ट्रिय बास्केटबलका सिनियर रेफ्री राजेश मर्हजनले जानकारी दिए।



