काठमाडौँ- संघीय सरकारले आइतबार पनि विद्यालय बन्द गर्ने निर्णय गरे पनि स्थानीय तहले खुलाउँदै आएका छन्। विभिन्न ठाउँका स्थानीय तहहरूले शनिबार मात्र विद्यालय बन्द गर्ने र आइतबार खुलाउने निर्णय गर्न थालेका छन्।
सप्तरीको सुरुङ्गा नगरपालिकाले मंसिर र फागुन महिनाका प्रत्येक आइतबार पनि सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मंसिर ४ गते सूचना जारी गर्दै नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई आइतबारसमेत नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरेको हो ।
प्रकाशित: ६ मंसिर २०८३ १०:२८ | Sunday, November 22, 2026
प्रतिक्रिया



