काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको १६ रुपैयाँ छ।
रातो आलु लाम्चो ४७, भारतीय सुकेको प्याज ९४, लोकल गाँजर ८५, लोकल बन्दा २८, स्थानीय काउली ३९, हाइब्रिड मुला २५, लाम्चो भन्टा २५, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ।
तने बोडी ९५, मकै बोडी ६०, लौका ६५, लोकल परबल ७५, करेला ७५, घिरौँला ६५, हरियो डल्ले फर्सी २५, पाकेको फर्सी ६५, भिन्डी ९५, रायोको साग ६५, पालुंगोको साग १२५, कन्य च्याउ २७५, डल्ले च्याउ ४२५, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो छ।

प्रकाशित: ६ मंसिर २०८३ ९:५४ | Sunday, November 22, 2026
प्रतिक्रिया



